Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

तोडफोडमा संलग्न ११ जनाविरुद्ध मुद्दा दर्ता

१३ सोमबार , जेठ २०८२एक बर्ष अगाडि

तोडफोडमा संलग्न ११ जनाविरुद्ध मुद्दा दर्ता

गत चैत्र १५ गते कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा भएको तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएको छ । चैत्र १५ गतेको उक्त घटनामा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ४० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले थप ११ जनाविरुद्ध भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्टलगायतबाट परेको जाहेरीका आधारमा छुट्टै मुद्दा दर्ता गरेको हो ।

जसमा श्रवणकुमार लामा(२९), समीर मगर (२१), रविरञ्जन कुमार सिंह (२०), एलिसा राई भनिने लक्ष्मी राई (४०), आशिककुमार महतो (२०), गोविन्द राय (१९), सुशीला कुमाल (४४) निर्मला कार्की (३९), प्रेमकुमार महतो (२४), राधेश्याम यादव (१९) र दिनेश महतो (२०) रहेका छन् भने प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको छ ।