Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

तिलगाउँमा तीन वटा हिमताल भेटियो

१३ सोमबार , जेठ २०८२एक महिना अगाडि

तिलगाउँमा तीन वटा हिमताल भेटियो

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर, ६ तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न पुगेको प्राविधिक टोलीले तीन वटा हिमताल भेटाएको छ ।

तिलगाउँमा गएको बाढी पहिरोबारे अध्ययन गर्न केही दिनअघि त्यहाँ पुगेको प्राविधिक टोलीले पाँच हजार तीन सय ५० मिटर उचाईमा तीन वटा हिमताल भेटाएको हो ।

यसअघि स्थानीय युवाहरुले दुईटा हिमताल देखिएको बताएकोमा तीन वटा भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताए । हिमतालहरुको विषयमा थप अध्ययन गरिरहेको उनले जानकारी दिएका छन् ।

अध्ययन टोलीमा बास्कोटासहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

गत जेठ १ गते राति नाम्खा गाउँपालिका–६, तिलगाउँमा बाढी र सुख्खा पहिरो जाँदा १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए । हिमताल फुटेकोले बाढी गएको आशंका गरिएपछि त्यसबारे अध्ययन गर्न प्राविधिक टोली गएको हो । यता, बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरुलाई गाउँभन्दा केही पर एक विद्यालयमा सारिएको छ ।