
आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी भएसंगै राष्ट्रपति रामचन्द्र पौडेललाई बजेट बारे ब्रिफिङ गरिएको छ । नेपाल सरकारको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेटका बारेमा ब्रिफिङ गरेका हुन् ।
राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन् । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउने तयारीसंगै सोही बजेटका बारेमा मन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर बजेटका बारे ब्रिफिङ गरेको बताइएको छ।