Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा चुचुरोमा

१४ मंगलबार , जेठ २०८२एक महिना अगाडि

कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा चुचुरोमा

सोलुखुम्बु थामेका कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजे ५५ वर्षीय शेर्पाले सगरमाथाको शिखरको ३१ औँ पटक सफल आरोहण गरेका हुन् ।

शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण गारेसंगै यसअघि आफैँले राखेको कीर्तिमान तोडिएको छ । यसअघि अघिल्लो वर्ष कामिरिता शेर्पाले २९ र ३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

यता नेपाल पर्यटन विभागका अनुसार आजदेखि यसवर्षको सगरमाथा आरोहणको समय सकिने छ भने यो ‘सिजन’मा ४६ आरोही समूहका ४ सय ५८ जनाले आरोहण अनुमति लिएका थिए । जसमध्ये करिब ५ सय जनाले सगरमाथा आरोहण गरेको बताइएको छ ।