Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

बाजुरामा जिप दुर्घटना तीन जनाको मृत्यु

१४ मंगलबार , जेठ २०८२एक महिना अगाडि

बाजुरामा जिप दुर्घटना तीन जनाको मृत्यु

बाजुरामा आज भएको जिप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिकामा नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो ।  

उक्त जिप दुर्घटना परि तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको बताइएको छ ।

उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ ।