Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

बुटवलमा आमा र दुई छोरीको हत्या

१५ बुधबार , जेठ २०८२एक महिना अगाडि

बुटवलमा आमा र दुई छोरीको हत्या

बुटवलमा आमासहित दुई छोरीको बीभत्स हत्या भएको छ । बुधबार बिहान ४ बजेतिरकाे समयमा बुटवल उपमहानगरपालिका होराइजन चोकस्थित मिलिजुली पथमा उक्त हत्या भएकाे हाे ।

३३ वर्षिय आमा दीपा बस्याल र उनकाे दुई छोरी ७ वर्षिय स्नेहा र ४ वर्षिय हिमानीको हत्या भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार उनिहरूकाे बीभत्स हत्या गरिएकाे बताइएकाे छ ।

अहिले हत्याको अनुसन्धानका लागि दीपाका पूर्वश्रीमान सुरज कोइरालालाई पक्राउ गरिएको पनि प्रवक्ता कार्कीले बताएका छन् । उनिहरूकाे डिभोर्स गरेर छुट्टै बसेकाे अवस्थामा उक्त घटना भएकाले अहिले थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।