Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मनसुन पूर्वतयारी कार्ययोजना पारित

१७ शुक्रबार , जेठ २०८२१० महिना अगाडि

मनसुन पूर्वतयारी कार्ययोजना पारित

यो वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो ।

कार्ययोजनाअनुसार यो वर्ष मनसुनजन्य विपद्बाट झण्डै २० लाख जनसंख्या प्रभावित हुने आकंलन गरिएको छ । देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या मनसुनजन्य विपद्का घटनाबाट प्रभावित हुने आकंलन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बैठकले गत असोजमा अविरल वर्षाका कारण बागमती नदीमा पानीको सतह बढ्दा उपत्यकाका नख्खु, कुलेश्वर, थापाथली, बल्खुलगायत भूभागमा भएको डुबान पुनः हुन नदिन नेपाली सेनाबाट सहयोग लिएर चोभार गल्छीमा रहेको अवरोध हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

यस्तै, आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१ (प्रथम संशोधन) सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ । यो वर्ष मनसुन सरदरभन्दा चाँडो अर्थात् यसै साताको अन्तिमसम्म भित्रिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाखाले यस वर्ष मनसुनमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पनि जनाएको छ ।