Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

दुई दर्जन कम्पनीलाई कर तिर्न ताकेता

१७ शुक्रबार , जेठ २०८२एक बर्ष अगाडि

दुई दर्जन कम्पनीलाई कर तिर्न ताकेता

दुई दर्जन कम्पनी तथा संस्थालाई कर तिर्न ताकेता गरिएको छ । आन्तरिक राजस्व विभागअन्तर्गत मध्यमस्तरीय करदाता कार्यालयले २१ कम्पनीलाई बक्यौता कर तिर्न ताकेता गरेको हो । कार्यालयले आज सूचना जारी गर्दै आगामी १५ दिनभित्र बक्यौता कर तिर्न अन्यथा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।

‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी बक्यौता रकम दाखिला गर्न वा पहिला नै दाखिला गरिसकेको, गर्नुनपर्ने कुनै कारण भए सोको प्रमाण पेश गर्न जानकारी गराइन्छ,’ कार्यालयले भनेको छ, ‘अन्यथा, आयकर ऐन, २०५८, अन्तःशुल्क ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा उल्लेखित कानूनी व्यवस्थाको कार्यान्वयन गरी बक्यौता असुलीको कारबाही अगाडि बढाइने जानकारी गराइन्छ ।’

कर नतिर्ने सूचीमा माउण्ट एभरेस्ट ब्रुअरी प्रालि, डिभाइन स्ट्रिम नेटवर्क प्रालि, सेलवेज डिपार्टमेन्टल स्टोर प्रालि, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, खानीखोले इन्टरप्राइजेज, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था, मस्टा ग्रुप प्रालि, एडभान्स केमिकल इन्डस्ट्रि प्रालि, भुसाल केवल एन्ड वायर इन्डस्ट्रिज प्रालि छन् ।

त्यस्तै, लोकेन्द्र इन्टरप्राइजेज, गोरखा डिपार्टमेन्ट स्टोर, स्वीकृति सप्लायर्स, टच ल्याम्प पावर इन्जिनियरिङ प्रालि, श्यामबाबा राइस एन्ड फ्लोर मिल, चजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेन, बज्रयोगिनी हार्डवेयर प्रालि, गुआंग्डोङ युआनियन रमण ज्वाइन्ट भेन्चर, एसएनजी एग्रो प्रालि, बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि र शान्भी इन्टरनेशनल कम्पनीलाई पनि कर तिर्न ताकेता गरिएको छ ।