Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

१९ आइतबार , जेठ २०८२एक बर्ष अगाडि

देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

गण्डकी प्रदेश सरकारले ल्याएको राईड सेयरिङ्ग नीतिको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले देशव्यापी रुपमा यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आज विज्ञप्ति जारी गर्दै भोलिबाट देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

आफूहरुको माग पूरा नभएसम्म सवारीसाधन घर, ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने व्यवसायीहरुको ठहर छ । ‘आजसम्म पनि नेपाल सरकारले सुनुवाई नगरेको हुँदा बाध्य भई हाम्रा सवारीसाधन मिति २०८२–०२–१९ गतेदेखि घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएकोले यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवार नेपाल सरकार नै हुने छ,’ विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर सेवा ठप्प पार्ने बताएका हुन् ।