Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

सार्वजनिक यातायात ठप्प,सर्वसाधारण मारमा

२० सोमबार , जेठ २०८२एक महिना अगाडि

सार्वजनिक यातायात ठप्प,सर्वसाधारण मारमा

यातायात व्यवसायीले गरेको बन्दका कारण सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण मारमा परेका छन् । व्यवसायीले गरेको बन्दका कारण देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा सर्वसाधारण मारमा परेका हुन् ।

अहिले देशभर सार्वजनिक यातायातका साधन बन्द भएका छन् । यातायात व्यवसायीले आफ्ना गाडी बसपार्कमा थन्क्याएका छन् भने सडकमा निजी सवारीसाधन केहि मात्रमा चलेको देखिन्छ ।

केहि बसस्टपहरूमा यात्रु गाडीको प्रतीक्षा गरिरहेका छन भने कोही ‘पठाओ’ चढेर र कोही पैदलै हिँडेर गन्तव्य तर्फ गइरहेका देखिन्छन् । सार्वजनिक यातायात ठप्प भएको फाइदा पठाओ लगायत राइड सेयरिङले उठाउँदै अफलाइन मार्फत यात्रुसँग जथाभावी भाडा असुली रहेका छन् ।​