Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

कोरियासँग रेल विकास वार्ता

२१ मंगलबार , जेठ २०८२एक महिना अगाडि

कोरियासँग रेल विकास वार्ता

रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल भएको छ । नेपालका रेल मन्त्री देवेन्द्र दाहालले कोरिया पुगेरै र कोरेलको कार्यालयमै गएर छलफल तथा अन्तरक्रिया गरेका हुन् । उनले कोरियाका उच्च अधिकारीहरूसँग छलफल गरेको र कोरिया पक्षले नेपालमा रेल सेवाबारे सहकार्य बारे विचार आदानप्रदान गरेका थिए । स्मरणीय छ, यस अघि कोरेलका पदाधिकारीले नेपाल आएर नेपालमा रेल सेवाको विकास र अध्ययनका बारेमा छलफल गरेर गएका थिए ।
भ्रमणदलका सदस्यका अनुसार कोरियन एक्सप्रेस वे कर्पोरेशनका अधिकारीहरूसँग पनि भेटवार्ता र नेपालमा रेलसेवा विकास बारेका विषय रा आपसीहित र सहकार्यका बारेमा छलफल भएको थियो । मन्त्री दाहालले कोरियामा रहेका विद्यार्थी र कामदार सहितका नेपाली समुदायसँग पनि सप्ठ्यारा, अप्ठ्याराका विषयमा विचार बिमर्श भएको थियो । कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य हो । लाखौं युवा रोजगारी र शिक्षाबाट लाभान्वीत भएका छन् ।