Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपालले स्कटल्याण्डलाई एक विकेटले हरायाे

२१ मंगलबार , जेठ २०८२एक महिना अगाडि

नेपालले स्कटल्याण्डलाई एक विकेटले हरायाे

गएराति भएकाे आइसीसी एकदिवसीय विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएकाे छ । विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहितको त्रिकोणात्मक सिरिजकाे पहिलाे खेलमा नेपालले स्कटल्याण्डलाई हराएकाे हाे ।

नेपाललाई स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै पूरा गरेको थियो । नेपालको जितमा करण केसीले शानदार ब्याटिंग गर्दै अविजित ६५ रन बनाएर नेपाललाई जित दिलाएका थिए ।

उक्त खेलमा कुशल भुर्तेलले ५३, गुलशन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७, आसिफ सेखले २० रन बनाएका थिए । त्यस्तै नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिएका थिए । हिँजाेकाे जितसँगै नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो । स्कटल्याण्डका लागि चार्ली टीरले सर्बाधिक ८० रन बनाए भने, फिनाली म्याकरीथले ५५ रन बनाउँदा कप्तान रिची बेरिंगटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाएका थिए ।

स्कटल्याण्डलाई एक विकेटले हराएकाे नेपालले अब यस सिरिज अर्को खेल भोलि नेदरल्याण्डससँग खेल्ने छ ।