Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ ४ दिन बन्द

२१ मंगलबार , जेठ २०८२एक बर्ष अगाडि

काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ ४ दिन बन्द

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको कान्ति लोकपथ सडकखण्ड केही दिन बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सीमाना बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलीबिज्र जडान गर्नका लागि सडक बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एक सूचना जारी गर्दै भोलिदेखि जेठ २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द गरिने जानकारी गराएको छ । भनिएको छ, ‘कान्ति राजमार्ग सडकअन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधीन रहेको बेलीबिज्र जडान कार्यका लागि मिति २०८२–०२–२१ गतेदेखि मिति २०८२–०२–२४ गतेसम्म चार दिन उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने सूचित गरिन्छ ।’

उक्त समयावधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग तथा कुलेखानी–कलंकी– हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकको प्रयोग गर्न सुझाइएको छ ।