Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

२२ बुधबार , जेठ २०८२एक महिना अगाडि

आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै

आज हरेक वर्ष झैँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.२०६३ साल जेठ २१ गतेका दिन सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेकाे थियाे ।

जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेसँगै वि.सं.२०६८ साल जेठ २१ गतेदेखि हरेक वर्ष जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन थालिएकाे हाे । नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प समत गरेको छ ।

नेपालकाे संविधानको मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछूतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था गर्दै जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेकाे भएपनि समाजमा पूर्णरूपमा जातीय भेदभाव तथा छुवाछूत अन्त्य भने अझैसम्म हुनसकेकाे छैन ।

छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा छुवाछुत र विभेद अझै हट्न नसकेको हाे ।