Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

केहि स्थानमा आंशिक बदलीदेखि भारी वर्षाको सम्भावना

२२ बुधबार , जेठ २०८२एक महिना अगाडि

केहि स्थानमा आंशिक बदलीदेखि भारी वर्षाको सम्भावना

अहिले मनसुनी वायुको प्रभावसँगै देशकाे केहि स्थानमा आंशिक बदलीदेखि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाे छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ भने कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाे र कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनुका साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे बताइएकाे छ ।

त्यसैगरि राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेता पनि बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

त्यस्तै कोशी र मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे समेत महाशाखाले जनाएकाे छ ।