Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

यातायात व्यवसायीकाे आन्दोलन फिर्ता,सार्वजनिक यातायात सञ्चालनमा

२२ बुधबार , जेठ २०८२एक महिना अगाडि

यातायात व्यवसायीकाे आन्दोलन फिर्ता,सार्वजनिक यातायात सञ्चालनमा

अनिश्चित कालिन यातायात बन्दकाे घाेषणा गरेर आन्दोलनमा उत्रिएकाे सार्वजनिक यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ । हिँजाे मंगलबार यातायात व्यवसायी महासंघ र सरकार बीच भएको सकारात्मक वार्तासँगै यातायात सञ्चालनमा आएको हो ।

यसअघि मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेकाे हाे । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिने कानुन ल्याएपछि सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले देशभरका सार्वजनिक सवारी ग्यारेजमै थन्क्याउर आन्दोलनमा उत्रिएकाे थियाे ।

सार्वजनिक यातायात व्यवसायी अनिश्चित कालिन यातायात बन्दकाे घाेषणा गरेर आन्दोलनमा उत्रिएपछि आम यात्रुहमा प्रत्यक्ष असर पारेको र दैनिक आवतजावतमा समस्या भएकाे थियाे ।