Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाल-बंगलादेश व्यापारमा निर्यात भन्दा आयात धेरै

२२ बुधबार , जेठ २०८२एक बर्ष अगाडि

नेपाल-बंगलादेश व्यापारमा निर्यात भन्दा आयात धेरै

नेपाल-बंगलादेश व्यापारकाे आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा निर्यात भन्दा आयात धेरै भएकाे छ । चालू आर्थिक वर्षकाे वैशाखसम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८ सय ७१ बराबरको मालसामान आयात भएको छ भने ३५ करोड ६२ लाख ९७ हजार ८ सय २७ रूपैयाँ बराबरकाे उत्पादन बंगलादेश निर्यात भएकाे छ ।

जसमा बंगलादेशबाट सबैभन्दा धेरै  १ अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री आयात भएको काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयले जनाएका छन् ।

त्यस्तै काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो नेपालबाट बंगलादेश निर्यात भएको पनि कार्यालय प्रमुख पाण्डेयले बताएका छन् । त्यसैगरि उक्त नाकाबाट अन्य जडीबुटी, एनिमल फिड, घरायसी सामान निर्यात भएकाे बताइएकाे छ ।