Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने तीन संस्थाको सूचीकरण खारेज

२२ बुधबार , जेठ २०८२१० महिना अगाडि

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने तीन संस्थाको सूचीकरण खारेज

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्नेे तीन संस्थाको सूचीकरण खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती स्वास्थ्य संस्थाको सूचीकरण खारेज गरेको हो ।

मन्त्रालयका अनुसार ललितपुरको नख्खुस्थित गोल्डेन गेट पोलिक्लिनिक एण्ड डाईवेटिज सेन्टर, काठमाडौंको स्वयम्भुमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र गोंगबुस्थित रोज इन्टरनेशनल मेडिकल सर्भिसेजको सूचीकरण रद्ध गरिएको छ ।

यी स्वास्थ्य संस्थाले नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन पेश नगर्नुका साथै स्पष्टीकरणसमेत चित्तबुझ्दो नदिएको मन्त्रालयको भनाइ छ ।

सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण नवीकरण भएको मितिले तेस्रो वर्षको पुस १ गतेदेखि पुस मसान्तसम्म र विशेष कारण परी सो समयभित्र नवीकरणको निवेदन दिन नसकेमा सोको कारण खुलाई थप पन्ध्र दिनभित्र नवीकरणको लागि निवेदन दिनुपर्नेमा उक्त समयावधिभित्र नवीकरणको लागि निवेदन पेश नगरेको हुँदा विशेषज्ञ समितिको सिफारिसबमोजिम स्पष्टीकरण माग भएकोमा एक संस्थाले स्पष्टीकरण पेश नै नगरेको र बाँकी दुई संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले सूचीकरण खारेज गर्ने भएको जानकारीका लागि अनुरोध छ ।’