Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

आज विश्व वातावरण दिवस मनाईंदै

२३ बिहिबार , जेठ २०८२एक महिना अगाडि

आज विश्व वातावरण दिवस मनाईंदै

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि मनाउन सुरू गरिएकाे विश्व वातावरण दिवस आज विश्वभर मनाईंदै छ । विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ भन्ने नाराका साथ विश्वभर मनाउन लागिएकाे हाे ।

पृथ्वीमा हरेक वर्ष ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेकाे छ भने जसकाे १० प्रतिशत पुनः प्रयोग हुने खालकाे फाेहर उत्पादन हुने गरेकाे छ । त्यस्तै १ करोड १० लाख टन प्लाष्टिक नदी, पोखरी, समुन्द्रमा पुग्ने गरेको छ ।

संयुक्त राष्ट्रको महासभाले वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको थियाे ।

विश्व वातावरण दिवसले वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गरेकाे छ । संयुक्त राष्ट्रसंघले यसवर्ष ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ भन्ने नारा तय गरेकाे छ भने नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेर याे दिवस मनाउन लागेकाे छ ।