Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

कञ्चनपुरकामा आज सार्वजनिक बिदा

२३ बिहिबार , जेठ २०८२एक महिना अगाडि

कञ्चनपुरकामा आज सार्वजनिक बिदा

कञ्चनपुर जिल्लाकाे चार पालिकामा आज सार्वजनिक बिदा दिइएकाे छ । जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिइएकाे हाे ।

उक्त चार पालिकाहरूमा गङ्गादशहरा मेलाका अवसरमा सार्वजनिक बिदा दिइएकाे हाे । बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक दिन सार्वजनिक बिदा दिएकाे छ भने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे बताइएकाे छ ।

हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन बेलौरी नगरपालिका–५, भकुण्डामा प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा गङ्गादशहरा मेला लाग्ने गर्दछ । साेहि मेलाकाे अवसरमा चार पालिकाले सार्वजनिक बिदा दिएकाे हाे ।

उक्त मेलामा कञ्चनपुर, कैलाली र बर्दिया र छिमेकी राष्ट्र भारतकाे खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट दर्शनार्थीहरू आउने गरेकाे बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले बताएका छन् । त्यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्न नगरपालिकाबाट पहल भइरहेको बताइएकाे छ ।