Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम माग

२४ शुक्रबार , जेठ २०८२एक बर्ष अगाडि

निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम माग

सरकारले निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम मागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण सरकारी निकाय तथा कार्यालयहरुलाई परिपत्र गर्दै पुरस्कारका लागि कर्मचारी सिफारिस गरी नाम पठाउन आग्रह गरेको हो ।

निजामती सेवा नियमावली, २०५० को अनुसूची १७ (क) बमोजिमको कार्यविधिअनुरुप आगामी असार मसान्तभित्र कर्मचारी सिफारिस गरी पठाउन भनिएको छ । सरकारले हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरेको छ । सो दिन उत्कृष्ट कर्मचारीलाई सम्मानसहित पुरस्कार प्रदान गरिन्छ ।

परिपत्रमा उल्लेख छ, ‘निजामती सेवा दिवस, २०८२ को अवसरमा प्रदान गरिने निजामती सेवा पुरस्कारको लागि निजामती सेवा नियमावली, २०५० को अनुसूची १७ (क) बमोजिमको कार्यविधिअनुसार त्यहाँ मन्त्रालय, निकाय तथा अन्तर्गतका कार्यालयहरुबाट तोकिएको ढाँचामा २०८२ असार मसान्तभित्र कर्मचारी सिफारिस गरी पठाउनुहुन अनुरोध छ ।’