Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

१२औं म्यूजिक खबर म्यूजिक अवार्डमा विशिष्ट गीतकार यादव खरेललाई

२६ आइतबार , जेठ २०८२१० महिना अगाडि

१२औं म्यूजिक खबर म्यूजिक अवार्डमा विशिष्ट गीतकार यादव खरेललाई

२०८२ जेठ २४, काठमाडौं । 
१२औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ तिलगंगा स्थित बेस्ट वेस्र्टन प्लस होटलमा हिजो भव्य रुपमा सम्पन्न भयो ।

सो कार्यक्रम म्यूजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा विशिष्ट गीतकार एवं चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो ।

माननीय मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्र सहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय बद्रीप्रसाद पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि हार्दिक बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्यूजिक खबर टिमप्रति धन्यवाद दिएका थिए । ‘कल्चर फर टुरिजम’को नारा लिएर म्यूजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सह्रानीय भएको भन्दै सरकारले गर्न नसकेको काम व्यक्तिले गुर्न विशिष्ट कार्य भएको पनि बताएका थिए ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । अवार्डले कला क्षेत्रको सम्बद्र्धन, प्रबद्र्धनका निम्ति म्यूजिक खबरको निरन्तर यात्रा अगाडि बढिरहेको हुँदा अवार्ड र सम्मानले अझै उर्जा प्रदान गर्ने बताए । समृद्ध कला क्षेत्र बनाउन सम्पूर्ण स्रष्टा कलाकारको योगदान रहेको बताउँदै सम्पूर्ण प्रायोजक, सल्लाहकार, अतिथिहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघीय सांसद रेखा कुमारी यादव, बागमती प्रदेश सांसद एवं पूर्व मन्त्री दिपेन्द्र श्रेष्ठ, प्रिज्म टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष एवं अवार्डका सल्लाहकार मोहन निरौला, वरिष्ठ अभिनेत्री निर्देशक दीपाश्री निरौला, अवार्डका सल्लाहकारहरु दुर्गा रायमाझी, आरसी कोइराला, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, राम भट्टराई, वरिष्ठ गायक लाक्पा शेर्पा, कृषि विकास बैंकका म्यानेजर सुदिल घिमिरे, इल्मिरा इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका म्यानेजिङ डाइरेक्टर विमान कार्की, डिजिटल बोर्ड व्यवसायी संघका अध्यक्ष मोहन कार्की, आइआइएफटीका म्यानेजिङ डाइरेक्टर तेन्जिङ शेर्पा लगायतको विशेष उपस्थिति थियो ।

गीतबाट गायिका संगम लामिछाने र लजाउँदै लजाउँदै गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए । त्यसैगरी चलचित्रविधा तर्फ गीतकार प्रमोद ढुंगानाले चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ज्वाइँसाप चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र दिमाग खराबको झम्के झमाझम गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि छक्कापञ्जा ५ को विहे भाको छैन गीतबाट इकरेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो ।

उत्कृष्ट पाँचमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिसत पब्लिकको तर्फबाट ९भोट० ४० प्रतिसत र आयोजकको तर्फबाट १० प्रतिसत गणना गरि गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ । निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्यूजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, बरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देबी घर्ती र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।

त्यस्तै कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मीना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पूजा देवकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो ।

गीतकार शेखर ढुंगेल ९अमेरिका० र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई म्यूजिक खबर संगीत कला सम्मान अर्पण गरियो ।

कार्यक्रम गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको 
थियो ।

अवार्ड कार्यक्रमलाई कृषि विकास बैंक, सूर्य नेपाल प्रा। लि।, आइआइएफटी फेसन स्कुल, मनकामना वेभरेज, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक, चलचित्र विकास बोर्ड, नवोदित कलेज, कामना सेवा विकास बैंक, प्रभु बैंक, सानिमा बैंक, विन्ध्यवासिनी डेरी, सूर्यज्योति लाइफ, सुट माला, महालक्ष्मी पेन्सट्, ओखती साबुन, नेपाल वायुसेवा निगम, पालुङटार रिसोर्ट , वेष्ट वेस्टर्न प्लस, माउन्टेन हेलिकप्टर्स, विकल्प एग्रोफर्म, रश्मिलाज फेसियल हाउस, डालो रेस्टुरेन्ट लगायतले सहकार्य गरेका थिए ।