Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

आज नेपाल र स्कटल्याण्ड भिड्दै

२६ आइतबार , जेठ २०८२२४ दिन अगाडि

आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप लिग-२ अन्तर्गतकाे आइसीसी एकदिवसीय क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिकाे पहिलाे खेलामा घरेलु टोली स्कटल्यान्डलाई हराएकाे नेपालले आज फेरि स्कटल्याण्डसँग दाेश्राे प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

आइसीसी एकदिवसीय क्रिकेट अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डसँग नेपाली समय अनुसार अपराहन्न पाैने ४ बजे खेल्ने छ । नेपालले यसअघि स्कटल्याण्ड र नेदरल्याण्डसँगकाे दुवै खेलमा जित हासिल गरेकाे थियाे ।

नेपालले स्कटल्याण्डविरुद्धकाे खेलमा एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । नेपालले आज स्कटल्याण्ड र भाेलि नेदरल्याण्डससँग खेल्ने तयारी रहेकाे छ ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ८ एकदिवसीय खेल भैसकेकाे छ भने जसमा नेपालले ५ र स्कटल्याण्डले ३ खेल जितकाे छ । लिग-२ को अंक तालिकामा नेपाल सातौं स्थानमा रहेको छ भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।