Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सईको मृत्यु

२६ आइतबार , जेठ २०८२२४ दिन अगाडि

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सईको मृत्यु

झापामा भएकाे मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरीका सहायक निरीक्षक (सई) को मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-३ मा भएकाे मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पूरणलाल राजवंशीको मृत्यु भएको हाे ।

मोटरसाइकल दुर्घटनामा परि कानेपोखरी गाउँपालिका-४ बस्ने ४८ वर्षीय राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार साँझ कमल गाउँपालिका-३, स्थित सानो केर्खामा उनी सवार प्र १-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।  

उक्त दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएकाेमा उपचारको क्रममा रातीनै मृत्यु भएको बताइएकाे छ । हाल इलाम बीओपी समालबुङ पोस्टमा कार्यरत उनी घर बिदा सकेर ब्यारेकतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए ।