Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

अमेरिकाबाट ४२ जना नेपाली डिपोर्ट

२६ आइतबार , जेठ २०८२२४ दिन अगाडि

अमेरिकाबाट  ४२ जना नेपाली डिपोर्ट

अमेरिकाबाट ४२ जना नेपाली नागरिकलाई डिपोर्ट गरिएकाे छ । अमेरिकाले यसअघि पनि नेपाली नागरिकलाई डिपोर्ट गरेको भएपनि एकै पटक ४२ जना नेपाली नागरिकलाई डिपोर्ट गरेकाे याे पहिलाे पटक हाे ।

अमेरिकाले डिपोर्ट गरेको उनीहरूलाई आज दिउँसो चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने अध्यागमन विभागले जनाएकाे छ । उनीहरू आज दिउँसाे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएकाे छ ।

डिपोर्ट गरिएका नेपालीमध्ये धेरैजसोले मानव तस्करलाई एक लाख डलरसम्म बुझाएर मेक्सिको हुँदै विना भिसा अमेरिका प्रवेश गरेका थिए । यसरी डिपोर्ट हुनेमा महिला र पुरुषको संख्या भने खुलाएको छैन ।