
अहिले विपक्षी दलहरूको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा केहीबेरअघि बैठक सुरु भएको हो ।
संसद अवरूद्ध गर्दै आइरहेका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै गर्दै आइरहेका छन् ।
यता सभामुख देवराज घिमिरेले संसद् खुलाउन दलहरूसँग छलफलमा सुरू गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा तथा छानबिनका लागि उच्चस्तरीय आयोग माग गर्दै विपक्षी दलहरूले १३ जेठदेखि सदन अवरूद्ध गर्दै आएका छन् ।