Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

हराएका सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

२६ आइतबार , जेठ २०८२२४ दिन अगाडि

हराएका सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका करिब दुई दर्जन सवारी साधन सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका र चोरिएका २२ वटा सवारी साधन फेला पारेर सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र दश वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएका हुन् । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक र कतिपयमा भने नक्कली नम्बर प्लेट राखेको अवस्थामा भेटिएको हो ।

उपत्यकाका विभिन्न स्थानबाट हराएका ती सवारी साधन हात्तीसार, बौद्ध, जम्बुडाँडा, सुकेधारा, गोकर्णेश्वर, कपन, मुड्खु, स्वयम्भु, ईमाडोल, लुभु, गठ्ठाघर र बालकोटलगायत स्थानमा फेला परेको ट्राफिकको भनाइ छ ।

कार्यालयका अनुसार गत साउनयता हराएकामध्ये चार सय ६७ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाइएको छ । त्यस्तै, ४४ वटा सवारी साधन चोरीमा संलग्न ६६ जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका निम्ति विभिन्न प्रहरी परिसर र वृत्तमा पठाइएको छ ।