Advertisement Banner
Advertisement Banner

१८ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

पहाडी भू–भागमा आंशिक बदली, एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा

२७ सोमबार , जेठ २०८२२३ दिन अगाडि

पहाडी भू–भागमा आंशिक बदली, एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा

देशको पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै कोशी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएकाे छ । त्यस्तै  देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा मुख्यतया माैसम सफा रहने बताइएकाे छ । त्यसैगरि आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनुका साथै कोशी, र गण्डकी प्रदेशकाे उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।