
दक्षिण कोरियाले ‘रुट इण्डस्ट्री’को वेल्डिङमा ५० नेपाली युवा लैजाने भएको छ । इपिएस कोरिया शाखाद्वारा तालिमका लागि आह्वान आवेदनअनुसार १२० घण्टाको वेल्डिङ र १२० घण्टाको कोरियन भाषा तालिम दिइने र यसका लागि १८ देखि ३९ वर्ष उमेर भएका व्यक्तिले आवेदन दिन सक्ने र न्यूनतम १२ कक्षा उत्तीर्णले मात्र तालिममा आवेदन दिन सकिने भनिएको छ । अर्थात लर्न एण्ड अर्न प्रोगाम हो यो । रोजगारीको खोजीमा रहेका ५० जनाले रोजगारीका लागि कोरिया जाने अवसर पाउने भएका छन् । उत्पादन क्षेत्रअन्तर्गत पर्ने यो क्षेत्रमा विशेषगरी धातुसँग सम्बन्धित काम लगाइन्छ । धातुलाई पगाल्ने र उपकरण उत्पादन गरिनेछ । मागअनुसारका अत्यावश्यक पार्टपुर्जा ‘रुट इण्डस्ट्री’ले तयार गर्ने गर्छ ।
यो काम गाह्रो काम हो तर दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक गन्तव्य भएको र ज्याला पनि आकर्षक पाउने हुँदा युवाहरु कोरिया जानका लागि ठूलै मेहनत गरेर छनौटमा पर्न चाहन्छन् । कोरिया नेपाल मैत्री मुलुक हो ।