
झापा जिल्लाको छुटाछुटै स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्लाको अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा गरि तीनजना मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएको बताइएको छ ।
बिर्तामोड-२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू, अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन् भने अर्जुनधारा-४ मा भेटिएको शवको परिचय खुलेको छैन ।
मृत फेला परेका तीनैवटा शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रवक्ता खड्काले जनाएका छन् ।