
रसुवागढी नाकाबाट १० वर्षमा साढे १४ हजार विद्युतीय सवारीसाधनको आयात गरिएको छ । १० वर्षको अवधिमा उक्त नाका हुँदै १४ हजार ५०० भन्दा बढी चीनमा उत्पादित सवारीसाधनको आयात गरिएको हो ।
उक्त विद्युतीय सवारीसाधन आयात भएर टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा भित्रिएका उक्त विद्युतीय सवारीसाधन थन्किएका हुन् ।
२ हजार ५ सय ७० सवारीसाधनको भन्सार जाँचपास भएर काठमाडौं प्रस्थान गरिसकेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जनाएका छन् । रसुवागढी नाका हुँदै चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छन् ।