Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, असार २०८२16th June 2025, 6:20:04 am

साउदी अरबले नेपाली श्रमिक लैजाने

२९ बुधबार , जेठ २०८२२२ दिन अगाडि

साउदी अरबले नेपाली श्रमिक लैजाने

साउदी अरबले नेपाली श्रमिक लैजाने महत्त्वपूर्ण विषयमा सहमति गरेको छ । नेपाली श्रमिक लैजान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदले सहमति गरेका हुन् ।  

जेनेभामा भएको साइडलाइन द्विपक्षीय भेटवार्ता र छलफलका क्रममा दुई देशबीच श्रमिक लैजाने सम्बन्धमा महत्त्वपूर्ण सहमति भएको श्रममन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको बताइएको छ ।

नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा यसअघि नै सहमति जनाइसकेको छ भने हस्ताक्षर हुन बाँकी छ । यता साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर गर्ने अडान लिएको थियो । हालको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने गरी टुङ्गो लगाएको छ ।

दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको बताउदै मन्त्री भण्डारीले यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिएको बताइएको छ ।