Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सेवा लम्साल नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त

२९ बुधबार , जेठ २०८२५ महिना अगाडि

सेवा लम्साल नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँले लम्साललाई नेदरल्याण्ड्सका लागि नेपालको गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले भनेको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई नेदरल्याण्ड्स अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’