Advertisement Banner
Advertisement Banner

०१ बुधबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

औषधि व्यवस्था विभागद्वारा दुई औषधिमाथि प्रतिबन्ध

३० बिहिबार , जेठ २०८२३ महिना अगाडि

औषधि व्यवस्था विभागद्वारा दुई औषधिमाथि प्रतिबन्ध

औषधि व्यवस्था विभागले दुई वटा औषधिको उत्पादन तथा बेचबिखनमा प्रतिबन्ध लगाएको छ । बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि विभागले ती औषधिमा रोक लगाएको हो ।

बाराको नेशनल हेल्थकेयरद्धारा उत्पादित ब्याच नम्बर सीएलएलएच २३०१२ र सीएलएलएच २३०१४ को क्याल्सिफर ड्रपन न्यून गुणस्तरको पाइएको छ । ती औषधिलाई बजारबाट तत्काल फिर्ता लैजान विभागले निर्देशन दिएको छ ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी उक्त ब्याच नम्बरका औषधिलाई बजारबाट तुरुन्त फिर्ता लैजान सूचना जारी गरिएको हो ।

औषधि फिर्ता लगिएको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिँदै ती औषधिको सिफारिस बेचबिखन तथा प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।