Advertisement Banner
Advertisement Banner

०१ बुधबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३० बिहिबार , जेठ २०८२३ महिना अगाडि

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान आएको बाढीले डाइभर्सन बगाएर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी गराएका छन् । उपरीक्षक नेपालका अनुसार उक्त स्थानमा बाढी नरोकिएकाले आवागमनका लागि तत्काल केही गर्न सकिने अवस्था नरहेको बताइएको छ ।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि उक्त राजमार्ग हुँदै चल्ने साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।