Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

दुर्गा प्रसार्ई थुनामै, न्यायाधीश खुशीराम थारुलाई कालोमोसो

३१ शुक्रबार , जेठ २०८२४ दिन अगाडि

दुर्गा प्रसार्ई थुनामै,  न्यायाधीश खुशीराम थारुलाई कालोमोसो

दुर्गा प्रसार्ई थुनामै, ३२ धरौटीमा
२९ जेठ, काठमाडौं । चैत १५ गतेको तीनकुने आगजनी, आन्दोलनका प्रतिवादी दुर्गा प्रसाई लगायतका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, ३२ जना धरौटीमा छुट्ने, रवीन्द्र मिश्र र धवल शमशेरका विषयमा केही नबोलेको जिल्ला अदालतले आदेश भयो । अबेर रातिसम्म दुर्गा छुट्लान् र कडा आन्दोलनको उद्घोष गर्न बसेका प्रसाई पक्षधरहरु निराश भएका छन् । सरकारले राहत अनुभव गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश दिएको हो । दुर्गा प्रसाईमाथि आपराधिक उपद्रवको कसुरमा धरौटी हुनसकेन । जेठ २० देखिको थुनछेक बहसको अन्त्य भएको छ । दुर्गा प्रसाईलाई क्यान्सरको उपचार उपलब्ध गराउन भने आदेश भएको छ । दुर्गा प्रसाई माथि राजावादी आन्दोलनको कमाण्डर भनेर डाम्ने क्रम जारी छ ।
उता जेठ २९ मै कांग्रेसका पूर्व सांसद तथा नेता आफताव आलमलाई निर्दोष सावित गर्ने जनकपुर उच्च अदालतका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालोमोसो छ्यापेको छ ।