Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आजदेखि मलेखु–मुग्लिङ्ग सडकखण्ड बन्द

३१ शुक्रबार , जेठ २०८२५ महिना अगाडि

आजदेखि मलेखु–मुग्लिङ्ग सडकखण्ड बन्द

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ्ग सडकखण्ड केही दिन बन्द हुने भएको छ । धादिङ–चितवन जोड्ने उक्त सडकखण्ड स्तरोन्नति गर्न लागिएकोले आजबाट बन्द हुन थालेको हो ।

आउँदो असार ७ गतेसम्म राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द हुने नागढुंगा–मुग्लिङ्ग सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि बन्द गर्न लागिएको हो ।

जसअन्तर्गत मलेखु छिर्ने भारी सवारी साधन मुग्लिङ्ग र हलुका गाडी कुरिनटार रोकिने छन् । यस्तै, मुग्लिङ्ग छिर्ने भारी गाडीलाई मलेखु र हलुका सवारी साधनलाई शितलबजार रोकिने छ । रोकिएको समयमा सवारी साधन रोक्दा र चलाउँदा कडाईका साथ लेन अनुशासन पालना गर्न अनुरोध गरिएको छ ।