Advertisement Banner
Advertisement Banner

०१ बुधबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

पाँच प्रदेशमा मनसुन फैलियो, एकदुई स्थानमा भारी वर्षा हुने

३१ शुक्रबार , जेठ २०८२३ महिना अगाडि

पाँच प्रदेशमा मनसुन फैलियो, एकदुई स्थानमा भारी वर्षा हुने

स्थानीय वायुको प्रभावसँगै देशकाे पाँच प्रदेशमा मनसुन फैलिएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कोशी, मधेश, बागमती, गण्डकीका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव फैलिएकाे हाे ।

अहिले पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाे छ । मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको पनि महाशाखाले जनाएको छ भने अहिले कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएकाे छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा देशका बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको पनि सम्भावनाछ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेकाे पनि महाशाखाले बताएकाे छ ।

त्यसैगरि आजराति देशभर आंशिक देखि साधरणतया बदली रहनुका साथै कोशी,मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारि वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।