Advertisement Banner
Advertisement Banner

०१ बुधबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

नवलपरासीमा ९० वर्षीय बृद्धले गरे श्रीमतीको हत्या

३१ शुक्रबार , जेठ २०८२३ महिना अगाडि

नवलपरासीमा ९० वर्षीय बृद्धले गरे श्रीमतीको हत्या

नवलपरासीमा ९० वर्षीय बृद्धले ७६ वर्षीय श्रीमतीको हत्या गरेका छन् । नवलपरासीकाे पूर्व नवलपुर देवचुली नगरपालिका-३, आम्बासका ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका हुन् ।

दिलबहादुरले श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जनाएका छन् । घरेलु विवाद चर्किँदै जाँदा दिलबहादुरले फलामको रड प्रहार गर्दा जमुनाको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।

प्रहरीका अनुसार घटना जेठ २८ गते बुधबार राति ९ बजे भएको हाे । हत्यापछि फारार भएका दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।