
सुनको मूल्य बढेर झन्डै २ लाखको नजिकै पुगेको छ । आज एक तोलामा ४ हजार भन्दा बढीले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको हो ।
आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार २०० रुपैयाँले वृद्धि भएको हो ।
सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदीको मूल्य २ हजार १ सय ५० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन ३ हजार ४ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएको छ ।