Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

अन्तराष्ट्रिय रक्तदाता दिवसका अवसरमा जयवागेश्वरीमा रक्तदान कार्यक्रम

०१ आइतबार , असार २०८२एक बर्ष अगाडि

अन्तराष्ट्रिय रक्तदाता दिवसका अवसरमा जयवागेश्वरीमा रक्तदान कार्यक्रम

काठमाडौँ । अन्तराष्ट्रिय रक्तदाता दिवसका अवसरमा जयवागेश्वरी युवा क्लब र लायन्स क्लब अफ काठमाडौँ ह्यूमन हार्टको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।

कार्यक्रममा काठमाडौँ वडा ( ८ का वडाअध्यक्ष, स्थानीय बुद्धिजीवी, युवा, लायन्सका विभिन्न तहका पदाधिकारीहरू सहित उल्लेख रक्तदाताहरूको सहभागीता रहेको जयवागेश्वरी युवा क्लबका अध्यक्ष रजिश श्रेष्ठले बताउनुभयो ।

उहाँले,ुस्थानीय स्तरमा सामाजिक कार्यहरूमा अग्रसर रहेको जयवागेश्वरी युवा क्लबले जात्रा पर्वको सञ्चालन, सार्वजनिक कार्यहरू, हरेक शनिबार निस्शुल्क स्वास्थ्य शिविर लगायतका विभिन्न कार्यहरू गर्दै आईरहेको र  अन्तराष्ट्रिय रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । ु

त्यस्तै, लायन्स क्लब अफ काठमाडौँ ह्युमन हार्टका अध्यक्ष ज्ञानेन्द्र जी।सीले,ुरगतको आवश्यकता नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।ु उहाँले, ुलायन्सले हरेक महिनाको अन्तिम शनिबार जयवागेश्वरीमा निस्शुल्क स्वास्थ्य शिविर सहित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेको बताउनुभयो ।ु

यस्ता अभियानले समाज परिवर्तन सँगसँगै नयाँ पुस्तामा समाज सेवाको भावना अगाडि बढ्ने उहाँको धारणा थियो ।रक्तदानमा ४५ बढि रक्तदाताहरू सहभागी रहेका थिए । स्टार हस्पिटल सँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ ।