Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पढाइसँगै कमाइको पाठ- हिमाल कलेज

०४ बुधबार , असार २०८२९ महिना अगाडि

पढाइसँगै कमाइको पाठ- हिमाल कलेज

पोखरा, २०७९ असार —-------------
पढाइ मात्र हैन, सिकाइ र कमाइलाई पनि सँगै अघि बढाउनु पर्ने अवधारणालाई व्यवहारमा उतार्दै  हिमाल कलेज अफ म्यानेजमेन्ट तथाडाइनामिक एकेडेमीले ले यस  वर्षदेखि ूहेरौं, सिकौं र कमाऔंू भन्ने मूल नारासहित विद्यालय तहमै व्यावहारिक तथा व्यवसायिक शिक्षाको अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत कक्षा ११ देखि नै विद्यार्थीहरूलाई कृषि तथा साना व्यवसायसँग सम्बन्धित स्व–लगानीमा आधारित प्रोजेक्टहरू सञ्चालन गराइँदैछ। विद्यार्थीहरूले तीन महिनादेखि एक वर्षसम्म प्रतिफल दिने योजनामार्फत बासमति खेती, औषधीय वनस्पति उत्पादन, अर्गानिक मल निर्माण, बिरुवा संरक्षण र फलफूल व्यवस्थापन जस्ता विभिन्न तालिम तथा व्यवहारिक ज्ञान लिइरहेका छन्।

कृषि विज्ञ डा। विश्वास सुवेदीको प्राविधिक सुपरिवेक्षणमा सञ्चालन भएको यस कार्यक्रमले विद्यार्थीहरूलाई श्रम, लगानी, उत्पादन, बजार अनुसन्धान ९मार्केट रिसर्च०, मार्केटिङ आदिका कुराहरूमा दक्ष बनाउन मद्दत गरेको छ।

विद्यालय निर्देशक कृष्ण गुरुङ भन्छन्, ूपुस्तकमा सिमित नभई व्यवहारमा आधारित ज्ञान नै विद्यार्थीको भविष्य बनाउँछ भन्ने मान्यताले हामीले यस अभियानको थालनी गरेका हौं।ू

स्कुल इन्चार्ज एलिना पराजुलीले थपिन्, ूहामी विद्यार्थीहरूलाई सानो उमेरदेखि नै लगानी र आत्मनिर्भरता सिकाउने प्रयासमा छौं। १२ कक्षा सकिएपछि उनीहरू रोजगारका लागि मात्र होइन, आफैं सानो व्यवसाय सञ्चालन गर्न सक्ने योग्य बनिसकेका हुन्छन्।ू

विद्यालय अनुशासन इन्चार्ज सुरेश लामाले यस कार्यक्रमबाट विद्यार्थीमा आएको परिवर्तन देखेर आफू उत्साहित भएको बताए।

कार्यक्रमका बारेमा कलेज अध्यक्ष चेतनाथ भण्डारी भन्छन्, ूयो एक नयाँ पुस्तालाई आत्मनिर्भर र व्यवहारिक बनाउने अभियान हो। यसबाट विद्यार्थीको आत्मविश्वास, कार्यकुशलता र नेतृत्व क्षमता अभिवृद्धि भएको छ।ू

यसैबीच स्नातक तहमा पनि यसै किसिमका कार्यक्रमहरू सन्चालित छन्। द्यद्यक् तहमा द्यबलपष्लन त्चबष्लष्लन, क्ष्लमगकतचष्ब िँष्भमि ख्ष्कष्त लगायतका कार्यक्रमहरू समावेश गरिएको छ। यसले गर्दा त्ग् अन्तर्गतको परीक्षामा हिमाल कलेजले दुईपटकसम्म देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो। यस कुराको जानकारी वरिष्ठ प्रशासनिक अधिकारी बिनोद गिरीज्यूले टेलिफोन मार्फत बताउनुभयो।

हिमाल कलेजको यो कार्यक्रमले विद्यालय र कलेज तहमा व्यवहारिक शिक्षा आवश्यक छ भन्ने सन्देश दिएको छ। अन्य विद्यालय तथा कलेजहरूले पनि यस्तो नमुना कार्यक्रम अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ।