
काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित ऐतिहासिक च्वङा गणेश स्थान उक्लने उतरपूर्वमा फराकिलो सडक छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित यस मन्दिरमा जान विशेष गरेर उतर भेगका दर्शनार्थीहरु आउने फराकिलो सडक हो यो । तर यही सडक कालोपत्रे हुने क्रममा पुग्दा नेपाली सेनाले अवरोध खडा गरेको छ ।
स्थानीयका अनुसार सडकको पश्चिम भाग नेपाली सेना (नजिकैको सैनिक आवासयीय महाविद्यालयको) नाममा रहेको भन्दै सेना आएर सडक कालोपत्रे गर्न रोक लगाएको हो । ‘उहिलेदेखि चलनचल्तीको फराकिलो सडकको पश्चिमतिरको बाटो नेपाली सेनाको नाममा रहेको भन्दै त्यसमा सडक कालोपत्रे नगर्न सेनाका अधिकारीहरुको टोली आएर रोकिदियो, स्थानीयहरु एकैस्वरमा भन्छन्, ‘सेनाले त वर्षाैअघि नै सडक भन्दा पश्चिमको आफनो सिमाना कायम गरी तारबारसमेत लगाइराखेको थियो ।’
सडकको पश्चिमतिर अहिले पनि तारबार यथाअवस्थामै छ । तर अहिले चलनचल्तीको सडक पूरै क्षेत्रमा कालोपत्रे गर्न खोज्दा यो सडकको पश्चिमतिरको जग्गा सेनाको नाममा रहेको भन्दै कालोपत्रेमा अवरोध गरेको स्थानीयको भनाई हो । सेनाले आफनोे जग्गाबाहेकको सडकमा मात्रै कालोपत्रे गर्न अनुमति दिने भनेको स्थानीयले बताए ।
यो सडकको यही कुनाको सगडक वीचमा एउटा ठूलो रुख पनि छ । सेनाले भने अनुसार मात्रै कालोपत्रे गर्ने हो भने त्यहाँं एक लेन सडक पनि बाँंकी रहँंदैन । त्यहाँंबाट एउटा गाडी पनि प्रवेश हुँंदैन । तर यो सडकको यो कुनाबाहेक अन्य सवैतिर भने ६ मिटरको दुई लेनको फराकिलो सडक रहेको छ ।
यो सडक च्वङा गणेश स्थान उक्लने कुनादेखि तल इटापाके सल्लाघारी नगरकोट रोडसम्म पुग्ने सडक हो । दुई लेन चौडाई र करिव तीन सय मिटर लम्वाईको सडकमा अहिले कालोपत्रे गर्न लागेको हो । कालोपत्रे गर्न लागेको सडकमा काम सम्पन्न गर्न पहिलो चरणको कालोपत्रेसमेत शनिबार भइसकेको । तर त्यसको भोलिपल्ट अर्थात् आइतबार नेपाली सेना आइ आफनो नाममा रहेको जग्गामा कालोपत्रे नगर्न निर्देशन दिएर गएको स्थानीयले बताए ।
यो सडकको तीन सय मिटरको लम्वाईमध्ये त्यही च्वङा गणेश स्थान उक्लने चोक (कुना) मा केही मिटर लम्वाईको सडकमा मात्रै यो समस्या भएको हो । यो भन्दा तल तीन सय मिटर लम्वाईकै सडकमा ६ मिटर चौडाईको दुई लेनकै फराकिलो सडक रहेको छ ।
‘यो सडक म बच्चा बेलादेखि नै यसरी नै चलनचल्तीमा थियो, ४५ वर्षीय एकजना स्थानीले युवाले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, ‘अहिले आएर कालोपत्रे गर्ने अन्तिम तयारीमा आएर समस्या भयो ।’ समस्यापछि स्थानीय र नेपाली सेनावीच विवाद सृजना भएको उनीहरुको भनाई छ । सेनाले भने अनुसार मात्रै कालोपत्रे गरियो भने तीन सय मिटरको लम्वाईको सडकमध्ये केही सय मिटर सडकको चौडार्ईमा एउटा पनि गाडी पास नभई पूरै सडक नै बेक्कमा भई मानिस मात्रै हिड्न मिल्ने अवस्था हुने अवस्था अहिले त्यहा देखिन्छ भएको स्थानीयको भनाई छ । यही विषयलाई मध्यनजर गरी यसअघि नै स्थानीयले हस्ताक्षर गरी नेपाली सेनाका अधिकारीलाई बुझाइसकेको तर यसबारे आफूहरुसँंग सहमतिमा नआएको स्थानीयको भनाई छ ।
यस विषयमा भक्तपुर नगरपालिकाको नगर सभा बैठकमा पनि चर्चा भएको थियो । नगरपालिकाको चालू अठारौं नगरसभा बैठकमा उक्त सडकको पर्खाल निर्माणका लागि नगरपालिकाले एक करोड बढी बजेट छुत्याएको तर पर्खाल निर्माणको क्रममा नेपाली सेनाबाट अवरोध सृजना भएको नगर प्रमुख सुनील प्रजापतिले बताएका थिए । यस विषमा आइतबारको संसद बैठकमा पनि भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद् प्रेम सुवालले संसदमा नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।