Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

‘विश्वराज अधिकारीको अनुभूतिका विविध प्रवाहमा’

१३ शुक्रबार , असार २०८२एक बर्ष अगाडि

‘विश्वराज अधिकारीको अनुभूतिका विविध प्रवाहमा’

२०८२ असार १२, काठमाडौं ।  --  --
नारी स्रष्टा समाजले साहित्यकार ममता मृदुलले सम्पादन गर्नु भएको ‘विश्वराज अधिकारी स् अनुभूतिका विविध प्रवाहमा’ पुस्तक सार्वजनिक गर्‍यो ।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा हिजो नारी स्रष्टा समाज, विराटनगरले आयोजना गरेको एक विशेष कार्यक्रममा विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा, नाट्यकर्मी अशेष मल्ल, साहित्यकार राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले उक्त कृतिको विमोचन गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष मृदुल, प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु मल्ल, लेकाली, रोदन, प्रधान, पन्तले विशेष मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि श्रेष्ठले विश्वराज अधिकारीले अमेरिका बसेर पनि नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । 
नाट्यकर्मी मल्लले अधिकारीले सात समुद्रपारि रहेर नेपाली भाषा साहित्यका विषयमा सोच्दै आएको प्रसंग उठाउँदै अब साहित्यमा भ्रष्टाचारमुक्त मुलुकको कल्पना गर्ने दर्शन पनि प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो ।
विशिष्ट अतिथि लेकालीले सम्पादक मृदुललाई मोतीरामको कार्य गरेको भन्दै अधिकारीको योगदानको चर्चा गर्नु भयो । साथै उहाँले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको लागि सुझाव पनि दिनु भयो ।
समीक्षात्मक टिप्पणी गर्दै रमेन्द्र कोइरालाले कृतिबारे चर्चा गर्नुभएको थियो । 
लोकार्पित ‘विश्वराज अधिकारी स् अनुभूतिका विविध प्रवाहमा’ कृतिकी सम्पादक ममता मृदुलले पुस्तक प्रकाशनको कारणबारे स्पस्ट गर्दै यसअघि अशेष मल्लबारे यस्तै पुस्तक प्रकाशन गरेको बताउनु भयो । 
पुस्तकमा अधिकारीले लेखेका कृतिहरूमाथि विभिन्न सर्जकहरूले गरेको समीक्षा समावेश गरिएको छ । 
अधिकारीका चलिस बढी पुस्तक प्रकाशित छन् । कार्यक्रममा साहित्यकारहरू अधिकारी, रोदन, शरद प्रधान, कल्याण पन्तलगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण कवि रामकुमार पण्डितले गर्नु भएको थियो ।