Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

पूर्वराष्ट्रपति भण्डारीद्वारा सुरक्षाबाहेक सबै सुविधा त्याग

१९ बिहिबार , असार २०८२एक दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारीद्वारा सुरक्षाबाहेक सबै सुविधा त्याग

नेपाल सरकारबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखकाे हैसियतमा प्राप्त गरेकाे सेवासुविधामध्ये सुरक्षाबाहेकका अन्य सेवासुविधा नलिने घोषणा गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीकाे सचिवालयले गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा सुरक्षाबाहेकका कुनै पनि सेवासुविधा नलिने उल्लेख गरिएकाे छ ।

पत्रमा असार १८ गतेदेखि लागू हुनेगरी पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेकका अन्य सेवासुविधा नलिने बताइएकाे छ । यसअघि पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवानिवृत्त भएसँगै पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुवधा लिँदै आएकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किने औपचारिक घोषणा गरेपछि बुधबारदेखि लागू हुनेगरी पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सुरक्षाबाहेक अन्य सुविधा त्यागेकि हुन् ।