Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

१९ बिहिबार , असार २०८२एक बर्ष अगाडि

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट झापाकाे बिर्तामोड-७ फक्तालुङका ५९ वर्षीय लोकप्रसाद लिम्बूकाे मृत्यु भएकाे हाे ।

आज बिहान शौचालय जानका लागि घरको आँगनमा निस्किएकाे बेला लिम्बूलाई  हात्तीले आक्रमण गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काले जनाएका छन् । 

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।