Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

तातोपानी नाका हुँदै हेलिकोप्टर आयात

१९ बिहिबार , असार २०८२एक दिन अगाडि

तातोपानी नाका हुँदै हेलिकोप्टर आयात

पहिलोपटक सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै हेलिकोप्टर आयात हुने भएको छ । यसअघि उक्त नाका हुँदै इलेक्ट्रोनिक सामान, लत्ताकपडा, फलफूल र सवारीसाधन भित्रिने गरेकाेमा अब उक्त नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात हुने भएकाे हाे ।

चीनबाट सामान ल्याउँदै आएको आडो ट्रान्सपोर्ट कम्पनीले हिँजाे ४० फुटे टेलरमा राखेर हेलिकोप्टर नेपाल ल्याएको बताइएकाे छ । माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको उक्त हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको छ भने कम्पनीले अरू पाँचवटा चिनियाँ हेलिकोप्टर ल्याउने तयारी गरेको जनाएको छ ।

यता एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा हुने तातोपानी भन्सार कार्यालयले जनाएकाे छ । भन्सार कार्यालयका सूचना अधिकृत सूर्य काफ्लेका अनुसार प्राविधिक टोलीले हेलिकोप्टरको परीक्षण गरेपछि काठमाडौं उडाइने बताइएकाे छ ।

यसरी हेलिकोप्टर आयात हुँदा ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान गरिएकाे छ ।