Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

एभरेष्ट र इन्टुजी बीच सम्झौता

२० शुक्रबार , असार २०८२एक बर्ष अगाडि

एभरेष्ट र इन्टुजी बीच सम्झौता

असार १९, नेपालमा स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ कलेजहरू मध्ये अव्वल दर्जामा रहेको एभरेष्ट इन्जिनियरिङ कलेज र विदेशी प्रत्यक्ष लगानी ९एफडिआई० अन्तर्गत अष्ट्रेलियाका नागरिकहरूको प्रत्यक्ष लगानी र स्वामित्वमा नेपालमा सञ्चालित एआई कम्पनी इन्टुजी प्रा।लि। बीच आज आपसी सहयोगको सम्झौता भएको छ। तीन वर्ष अगाडि देखि नेपालमा काम गर्दै आएको यस कम्पनी र एभरेष्ट इन्जिनियरिङ कलेज बीच लामो समय देखि आपसी सहयोगका विभिन्न कार्यक्रमहरू हुँदै आएकोमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा वैधानिकता दिन आज औपचारिक सम्झौता भएको जानकारी प्राप्त भएको छ। सम्झौता अन्तर्गत इन्टुजी प्रा।लि। का कार्यक्रमहरू सञ्चालन गर्न कलेजले भौतिक सुविधाहरू उपलव्ध गराउने र कलेजका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान तथा इन्टर्नसिपको अवसर उक्त प्रा।लि। ले दिने भएको छ। यस सम्झौताबाट एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र आईटीका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुने भएको छ। नेपालका विभिन्न नीजि कम्पनीहरूमा एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले २५ वर्ष अगाडि देखि आफ्नो सीप तथा दक्षता प्रदर्शन गर्दे आएको र यस कलेजका विद्यार्थीहरूलाई पहिले देखि नै नीजि कम्पनीहरूले रुचाउँदै आएको कलेजको तथ्याङ्कबाट देखिएको छ। एभरेष्ट इन्जिनियरिङ कलेज र इन्टुजी प्रा।लि। बीचको आज भएको सम्झौताले कलेजको स्नातक तहमा विद्यार्थीको थप आकर्षण हुने विश्वास कलेजका प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठले व्यक्त गरे। इन्टुजीका प्रमुख सुचना अधिकारी रितेश शाहले उच्च इन्जिनियरिङ शिक्षा क्षेत्रमा देशकै सर्वोत्कृष्ट कलेजहरू मध्येमा परेको एभरेष्ट इन्जिनियरिङ कलेजसँग सहकार्यको सम्झौता आफ्नो कम्पनीको लागि गौरवको विषय भएको धारण व्यक्त गरेका थिए।