
गएराति जाजरकोटमा ढुङ्गाले लागेर दिदी बहिनीको मृत्यु भएकाे छ । जाजरकोटको कुशे गाउँपालिका–३, तर्पेनामा राति टहरामा सुतिरहेका नरबहादुर बुढाकाे छाेरीहरू १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हाे ।
कुशे गाउँपालिका–३ का वडाध्यक्ष वीरबहादुर बुढाका अनुसार भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा बाख्रा हेरचाहका लागि सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।
उक्त स्थानमा निरन्तर वर्षा भइरहेकाे भएता पनि प्रहरीले घटनास्थलमा पुगेर दुर्घटना बारे जानकारी लिएको प्रहरी जवान महेश सिंहले जनाएका छन् ।