Advertisement Banner
Advertisement Banner

२२ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

पक्की पुल निर्माण भएपछी सर्वसाधारण प्रत्यक्ष लाभान्वित

२० शुक्रबार , असार २०८२२ दिन अगाडि

पक्की पुल निर्माण भएपछी सर्वसाधारण प्रत्यक्ष लाभान्वित

भोजपुर जिल्लाको चिरखुवा खोलामा पक्की पुल निर्माण भएपछी सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । ५ करोड ६२ लाख रुपैयाँ लागतमा २०.६० मिटर लामो पुल निर्माण भएसंगै सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका हुन् ।

पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिएको पुलबाट षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । पुल निर्माणका लागि कोशी प्रदेश सरकारले उक्त रकम प्रदान गरेको थियो ।

षडानन्द नगरपालिका १ र ५ लाई जोड्ने चिरखुवा खोलामा पुल बनेपछि उक्त वडाका बासिन्दा ११ किलोमिटर घुमेर दिङ्ला पुग्नुपर्ने बाध्यताबाट मुक्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जनाएका छन् । 

पुलमा हल्का सवारी साधन पनि सञ्चालन भएसंगै जिल्ला सदरमुकाम पुग्न समेत सहज भएको बताइएको छ ।